Dhulikhel Eco Banner new

वित्तीय पहुँचमा सुधार, हरेक स्थानीय तहमा पुगे बैंकका शाखा

2.38K
shares

काठमाडौं, १५ जेठ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशभर वित्तीय पहुँच विस्तार भएको बताएका छन्।

संघीय संसद्को बैठकमा आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको सेवा हरेक स्थानीय तहसम्म फैलिएको जानकारी दिए।

उनका अनुसार अब सबै स्थानीय तहमा कम्तीमा एक शाखा पुगेको छ। उनले २०८१ को फागुन मसान्तसम्मका बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ७ प्रतिशतले बढेको बताएका छन् ।

वित्तीय पहुँच विस्तार भएको छ। सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । उनले भने, बैंक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २,५२७ जनसंख्याले सेवा लिइरहेका छन्।