बजेट स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठक सुरु
वि.सं.२०८२ जेठ १५ बिहीवार १४:५८
1.89K
shares
shares

काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् ।



















