Dhulikhel Eco Banner new

८ महिनामा ३७ हजार बढीले पाए नि:शुल्क स्वास्थ्य सेवा

2.44K
shares

काठमाडौं, १५ जेठ । चालु आर्थिक वर्षको आठ महिनामा ३७ हजार ९ सय ८४ जना विपन्न नागरिकले  निःशुल्क उपचार सेवा पाएका छन्।

चालूआर्थिक वर्ष फागुन मसान्तसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु क्यान्सर, मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधी सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मुटु, मृगौला र क्यान्सरसहितका गम्भीर रोगका बिरामीले सरकारबाट औषधिसहितको निःशुल्क स्वास्थ्य सेवा लिएको जानकारी दिएका हुन्।