४.६ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण, अर्थतन्त्रमा सुधारको संकेत
वि.सं.२०८२ जेठ १५ बिहीवार १५:२८
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दे देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दाबी गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकमा स्वीकृत बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार आएपछि अर्थतन्त्रले लय समातेको बताएका छन् । ‘सरकार गठनपछि अधिकांश आर्थिक सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ,’ उनले भने, ‘अर्थतन्त्रको समग्र अवस्था सकारात्मक छ ।’
उनले चालु आर्थिक वर्षमा ४.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको जानकारी दिएका छन् । ‘अर्थतन्त्रका सबै क्षेत्रहरू सकारात्मक हुने अपेक्षा छ’ पौडेलले भने, ‘बीमा सेवा क्षेत्रमा समेत उल्लेखनीय वृद्धि देखिनेछ ।’

















