दुई वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाउने
वि.सं.२०८२ जेठ १५ बिहीवार १५:५६
3.3K
shares
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्ष भित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाइने बताएका छन् ।
उनले तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्धन गरिने बताए । जसबाट थप १२ लाख मेटिक टन धान उत्पादन गरिने उनले बताए ।
चैते धान खेतीका लागि सिचाई प्रवर्धन गर्न ३३ करोड विनियोजन गराएको छ ।
















