वृद्धभत्ता पाउने उमेर ७० वर्षमा पुर्याइयो
वि.सं.२०८२ जेठ १५ बिहीवार १८:३७
2.48K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको वृद्धभत्ताको उमेर बढाएर ७० वर्ष पुर्याएको हो ।
सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गर्दै सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइएको हो ।
आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।

















