Dhulikhel Eco Banner new

सोमवारदेखि देशभर सार्वजनिक यातायात सेवा बन्द गर्ने व्यवसायीको घोषणा

1.89K
shares

काठमाडौं, १८ जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङका नाममा निजी सवारीसाधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न अनुमति दिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले जेठ १९ गतेदेखि सेवा ठप्प पार्ने घोषणा गरेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघसहित सातवटा यातायात व्यवसायी तथा मजदुर संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गाडी ग्यारेजमा थन्काउने निर्णय गरेका हुन्। उनीहरूका अनुसार प्रदेश सरकारले संविधान र सवारी ऐनविपरीत निजी सवारीलाई सार्वजनिक यातायातसरह मान्यता दिएको छ।

व्यवसायीहरूले पटकपटक संघ र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै आन्दोलनमा जानुपरेको बताएका छन्। सेवा बन्द हुँदा यात्रु तथा आम नागरिकलाई पर्न सक्ने असुविधाको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरूको भनाइ छ।