Dhulikhel Eco Banner new

१० महिनामा ५ करोड राजस्व संकलन

1.57K
shares

काठमाडौं, २३ जेठ । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा पाँच करोडभन्दा बढी राजस्व संकलन गरेको छ । सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व संकलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

चालु आवको साउनमा ४७ लाख ३४ हजार ४६९, भदौमा ६१ लाख पाँच हजार ५०२, असोजमा ३२ लाख ९ हजार ५३६, कात्तिकमा ३६ लाख ३७ हजार २०७, मङ्सिरमा ५२ लाख ९१ हजार ५६४, पुसमा ७१ लाख ६८ हजार २९८, माघमा ४० लाख ३२ हजार ६५५ राजस्व संकलन भएको छ ।

त्यसैगरी, फागुनमा ४२ लाख ९५ हजार ६७२, चैतमा ३४ लाख ५५ हजार ५०५, वैशाखमा ४७ लाख एक हजार ३८७ र जेठमा ३५ लाख ६५ हजार ५५० गरी जम्मा पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व संकलन भएको छ ।