ग्रिन डेभलपमेन्ट बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
वि.सं.२०८२ जेठ ३१ शनिवार १३:४७
shares

काठमाडौं, ३१ जेठ । ग्रिन डेभलपमेन्ट बैंक र एनसीएचएलबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस एनसीएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् ।
नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात ग्रीन डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

















