Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.46K
shares

काठमाडौं, ४ असार । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.२८ अंकले घटेर २,६५३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ९ अर्ब ८ करोडको कारोबार भएको हो ।

शेयर बजारमा पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन जोशी जलविद्युत विकास कम्पनीका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताले ९.२२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि, सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले ८.०९ प्रतिशतका दरले कमाएका छन् भने
पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ८.०५ प्रतिशतका दरले कमाएका छन् ।