Dhulikhel Eco Banner new

शेयर बजारमा १५९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.11K
shares

काठमाडौं, ४ असार । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.२८ अंकले घटेर २,६५३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ९ अर्ब ८ करोडको कारोबार भएको हो ।

शेयर बजारमा कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सप्तकोशी विकास बैंकका लगानीकर्ताले ७.३९ प्रतिशतका दरले गुमाएका छन् भने ग्रिन विकास बैंकका लगानीकर्ताले ३.८६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.१० प्रतिशतका दरले गुमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।