Dhulikhel Eco Banner new

नेपाल वायुसेवा निगममा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

2.44K
shares

काठमाडौं,५ असार । नेपाल वायुसेवा निगमले कर्मचारी माग गरेको छ। निगमले बिहीवार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ।

निगमले जारी गरेको सूचनाअनुसार प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करारमा ४४ जना कर्मचारी माग गरेको हो।

निगमले वरिष्ठ प्राविधिक पदमा ११ जना, प्राविधिक पदमा १३ जना र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटर पदमा २० जना गरी उक्त संख्यामा कर्मचारी माग गरेको हो।

उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

परीक्षा दस्तुर पाँच र चार तहको लागि पाँच सय रूपैयाँ र तीन तहका लागि चार सय  तोकिएको छ।