शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असार ९ सोमवार १५:३४
shares

काठमाडौं, ९ असार । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.७८ अंकले बढेर २,६०० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ४७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन पियोर इनर्जीका लगानीकर्ताले ५.६८ प्रतिशतका दरले गुमाएका छन् भने दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ४.८९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, सप्तकोशी विकास बैंकका लगानीकर्ताले ३.८९ प्रतिशतका दरले गुमाएका छन् भने बोर्टलस बालाजुका लगानीकर्ताले ३.६३ प्रतिशतका दरले गुमाएका छन् ।

















