Dhulikhel Eco Banner new

जोहान्स जुट विश्व बैंकको दक्षिण एसिया उपाध्यक्ष नियुक्त

1.83K
shares

काठमाडौं, १६ असार । विश्व बैंकले जोहान्स जुटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्ष नियुक्त गरेको छ। सन् २०१३–२०१५ मा नेपाल, बंगलादेश र भुटानका लागि राष्ट्रिय निर्देशक रहेका जुट १ जुलाई २०२५ देखि पदभार सम्हाल्ने छन्।

उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँगको सहकार्यको नेतृत्व गर्नेछन्। दक्षिण एसियामा विश्व बैंकको ३९ अर्ब डलर बराबरको परियोजना पोर्टफोलियोको व्यवस्थापन पनि उनको जिम्मामा हुनेछ।

नेपालको भूकम्पपछिको पुनर्निर्माणमा ठूलो भूमिका खेलेका जुट ब्राजिलसहित विभिन्न देशमा निर्देशकका रूपमा काम गरिसकेका छन्। उनी भारतको नयाँ दिल्लीस्थित कार्यालयबाट काम गर्नेछन्।