शेयर बजारमा ६ अर्ब ३८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार १६ सोमवार १५:१४
2.6K
shares
shares

काठमाडौं, १६ असार । दोहोरो अंकले बढेको शेयर बजारमा ६ अर्ब ३८ करोडको कारोबार हुँदा साहास ऊर्जाको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड ५३ लाख शेयर कारोबार भएको हो ।
यसदिन सानिमा माई हाइड्रोपावरको ३१ करोड ४७ लाख शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख शेयर कारोबार भएको छ ।
त्यसैगरी,सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ७८ लाख शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ५ लाख शेयर कारोबार भएको छ ।
















