उपभोक्ता संरक्षण विभागद्वारा १२ फर्मको अनुगमन
वि.सं.२०८२ असार १७ मंगलवार १०:१२
shares

काठमाडौं,१७ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानमा अनुगमन गर्दै १२ वटा उद्योग तथा फर्ममाथि आवश्यक निर्देशन तथा कारवाही गरेको छ।
सोमवार सम्पन्न अनुगमनमा पाथिभारा आकृति इलेक्ट्रिक सप्लायर्सलाई उपभोक्तासँग सम्बन्धित कानुन उल्लंघन गरेको ठहर गर्दै विभागले ५ हजार जरिवाना गरेको हो।
त्यसैगरी, आहाना ट्रेड लिंक, फेशन फर्निसिङ प्रा.लि., आशियाना इन्टरनेशनल प्रा.लि., हाईटेक फर्निचर, स्टार उड इन्टरनेशनल प्रा.लि. र मान ब्रदर्श नामक व्यवसायहरूलाई आवश्यक कानुनी कागजात तीन दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ।
अनुगमनका क्रममा गोल्डेन बुक्स प्रा.लि. लाई उपभोक्ता संरक्षण ऐनअनुसार व्यवसायीले पालना गर्नुपर्ने दायित्वहरूको पूर्ण पालना गर्न चेतावनी दिइएको छ।
यस्तै, सिनर्जी डिष्ट्रीब्युटर्स, सी. टी. सी. डेकोर सप्लायर्स प्रा.लि., रेपिड ग्रुप प्रा.लि. र विक्की हार्डवेयर हाउस प्रा.लि. लाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
















