Dhulikhel Eco Banner new

एमआरपी नराखी सामान बिक्री गर्ने दुई कम्पनीमाथि विभागको निगरानीमा

2.17K
shares

काठमाडौं, ३१ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गर्ने दुई उद्योग तथा फर्ममाथि कारबाही गरेको छ।

सोमवार गरिएको नियमित बजार अनुगमनका क्रममा ऐनविपरीत व्यापार सञ्चालन गर्दै आएका फर्महरूलाई जरिवाना सहित निर्देशन दिइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३२ मा रहेको स्वागत ट्रेडिङ प्रालिले अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी वस्तु बिक्री गरेको पाइएपछि विभागले सो फर्मलाई २ लाख ५ हजार जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) अनुसार कसुर प्रमाणित भएकाले फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै, काठमाडौं–२३ मा सञ्चालित सागर डिस्ट्रिब्युशन प्रालिले वस्तु दर्ता नगरेको र मूल्य सूची नराखेको भेटिएपछि सो कम्पनीलाई ऐनको दफा ३८(ट) अनुसार ५० हजार जरिवाना गरिएको छ।

विभागले थप तीन फर्महरूलाई तीन दिनभित्र आवश्यक व्यावसायिक कागजात पेश गर्न निर्देशन दिएको छ भने अन्य चार फर्मलाई सामान्य सचेतना र निर्देशन प्रदान गरिएको छ।