Dhulikhel Eco Banner new

प्रतिकित्ता १०० रुपैयाँमै कामना सेवा विकास बैंकको शेयर बिक्रीमा

2.16K
shares

काठमाडौं, २ साउन । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी ४० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको हो।

यसमा बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नुपर्ने भएकाले कम्तीमा ४० लाख रुपैयाँ लाग्नेछ।

बोलपत्र आज साउन २ गतेदेखि साउन ९ गतेभित्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।

यस अवधिभित्र परेको बोलपत्र साउन ११ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने बैंकले जानकारी दिएको छ। यसमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघसंस्था लगायत सबैले आवेदन दिन सक्नेछन्।