Dhulikhel Eco Banner new

कामना सेवा विकास बैंकको नाफामा ९.१९ प्रतिशतले वृद्धि

1.96K
shares

काठमाडौं, १ साउन । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष (२०८१/८२) सकिएको दुई दिनमै चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै पहिलो अग्रणी संस्था बन्न सफल भएको छ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आवको असार मसान्तसम्म बैंकको खुद नाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १७.७३ रुपैयाँबाट १८.१० रुपैयाँमा उक्लिएको छ।

बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढ्दै २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष २ अर्ब १३ करोड २५ लाख रुपैयाँ थियो। त्यस्तै, कुल सञ्चालन आम्दानी २ अर्ब ५२ करोड ६८ लाख रुपैयाँबाट बढेर २ अर्ब ६३ करोड २६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि झण्डै २ प्रतिशतले वृद्धि भएर ९८ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६० करोड ७४ लाख र रिजर्भमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ सञ्चिति रहेको विवरणमा उल्लेख गरिएको छ।

बैंकको गैर–संवेदनशील कर्जा अनुपात (एनपीए) ३.३६ प्रतिशतबाट सामान्य वृद्धि भई ३.३८ प्रतिशत पुगेको छ। कामना सेवाले हालसम्म ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ भने ६२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

यस वर्ष बैंकको कुल वितरणयोग्य नाफा पनि उल्लेख्य रूपमा वृद्धि भई ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४१ करोड १२ लाख रुपैयाँ थियो। बैंकको प्रतिशेयर नेटवर्थ १६८.१३ रुपैयाँ कायम भएको छ।