शेयर बजारमा १४४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ साउन ४ आइतवार १५:३१
shares

काठमाडौं, ४ साउन । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ०.३२ अंकले घटेर २,८६७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन २१ अर्ब ४६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा समृद्धि फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.८८ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले ७.७५ प्रतिशतका दरले गुमाएका छन् भने १०.२५प्रतिशत सनराइज बैंक ऋणपत्र २०८३ का लगानीकर्ताले ५.८६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ४.६१ प्रतिशतका दरले गुमाएका छन् भने पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ४.५१ प्रतिशतका दरले गुमाएका छन् ।



















