शेयर बजारमा २१ अर्ब ४६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन ४ आइतवार १५:३८
3.12K
shares
shares

काठमाडौं, ४ साउन । शेयर बजारमा २१ अर्ब ४६ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन बुटवल पावरको ६४ करोड २७ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ६७ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी, ङादी ग्रुप पावरको ५० करोड रुपैयाँ कारोबार भएको छ भने सानिमा माई हाइड्रोपावरको ४८ करोड ११ लाख रुपैयाँ कारोबार भएको छ ।



















