बोटलर्स नेपाल (तराई)द्धारा ठूलो करदाता कार्यालयमा ७८ करोडभन्दा बढी कर भुक्तानी
वि.सं.२०८२ साउन ७ बुधवार १२:५०
shares

काठमाडौं, ७ साउन । बोटलर्स नेपाल (तराई) लिमिटेडले ठूलो करदाता कार्यालयमा कर सम्बन्धी दायित्व भुक्तानी गरेको छ। कम्पनीले वित्त विधेयक २०८२ को दफा ३० तथा धितोपत्र दर्ता तथा निर्गमन विनियमावली, २०७३ को नियम २६(५०) र धितोपत्र सूचीकृत विनियमावली, २०७५ को नियम २२(९१०) बमोजिम उक्त रकम भुक्तानी गरेको हो।
कम्पनीले कर प्रयोजनका लागि कुल ७८ करोड ६ लाख ६८ हजार बराबरको रकम दाखिला गरेको जनाएको छ। सो कर रकमको आधिकारिक रसिद २०८२ साल साउन ७ गते (२०२५ जुलाई २३ मा) ठूलो करदाता कार्यालयबाट प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।
धितोपत्र बजारमा सूचीकृत कम्पनीका रूपमा बोटलर्स नेपालले नियामक निकाय तथा कर प्रशासनसँगको दायित्व निर्वाह गर्दै आएको जनाएको छ।
















