शेयर बजारमा १५ अर्ब ९८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन १५ बिहीवार १५:४१
1.69K
shares
shares

काठमाडौं, १५ साउन । शेयर बजारमा १५ अर्ब ९८ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब ३३ करोडको कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाखको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ६९ करोड ९ लाखको कारोबार भएको छ ।
त्यसैगरी शिवम सिमेन्टको ६७ करोड ११ लाखको कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको ४१ करोड २७ लाख कारोबार भएको छ ।















