Dhulikhel Eco Banner new

माबिलुङ इनर्जीले साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

1.7K
shares

काठमाडौं, १९ साउन । माबिलुङ इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिले नै आईपीओ बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डबाट असार १ गते स्वीकृति प्राप्त गरेअनुसार, कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता साधारण शेयर (आईपीओ) जारी गर्न लागेको हो। यसमध्ये पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयका लागि, र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको थियो।

अब बाँकी रहेका १३ लाख ५४ हजार २३५ कित्ता मध्ये ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३० हजार ९५ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि साउन २६ गतेदेखि साउन २९ गतेसम्म रहनेछ।

ईक्रा नेपालले यस आईपीओलाई ‘ईक्राएनपी–आईआर बी प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।