दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि खुम्चियो
वि.सं.२०८२ साउन २८ बुधवार १५:०८
shares

काठमाडौं, २८ साउन । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.५० अंकले घटेर २,७९० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब १६ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा मायाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५.७४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.४८ प्रतिशतका दरले गुमाएका हुन् ।
















