शेयर बजारमा १५९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ साउन २८ बुधवार १५:४०
shares

काठमाडौं, २८ साउन । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.५० अंकले घटेर २,७९० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब १६ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.४८ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन सिकलेस हाइड्रोपावरका लगानीकर्ताले ७.२२ प्रतिशतका दरले गुमाएका छन् भने बलेफि हाइड्रोपावरका लगानीकर्ताले ३.४५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, ८.५ प्रतिशत एसबिएल ऋणपत्र २०८४का लगानीकर्ताले २.९५ प्रतिशतका दरले गुमाएका छन् भने उन्नती सहकार्यका लगानीकर्ताले २.८३ प्रतिशतका दरले गुमाएका छन् ।
















