सिटिजन्स म्युचुअल फण्डद्वारा लाभांश घोषणा
वि.सं.२०८२ भदौ २ सोमवार १०:५२
shares

काठमाडौं, २ भदौ । सिटिजन्स क्यापिटल अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फण्ड–२ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाइधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सिटिजन्स म्युचुअल फण्ड–२ ले आफ्ना इकाइधनीहरूलाई करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। त्यस्तै, सिटिजन्स सुपर ३० म्युचुअल फण्डले करसहित १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
घोषित लाभांश अघिल्लो आर्थिक वर्षको नाफाबाट वितरण गरिने जनाइएको छ। सिटिजन्स क्यापिटलले आफ्ना लगानीकर्तालाई स्थिर प्रतिफल दिने उद्देश्यले सञ्चालनमा ल्याएको यी फण्डहरू हाल बजारमा सक्रिय रूपमा कारोबार हुँदै आएका छन्।

















