प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ २ सोमवार १२:४०
2.98K
shares
shares

काठमाडौं, २ भदौ । स्थानिय बजारमा सोमवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
आइतवार प्रतितोला १ लाख ९५ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य सोमवार ८ सयले बढेर प्रतितोला १ लाख ९६ हजार ३ सयमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आइतवार २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ।

















