Dhulikhel Eco Banner new

चार लाख धरौटी सहित सेप्टेम्बर २१ सम्म टेण्डर पेश गर्न नेप्सेको आग्रह

2.03K
shares

काठमाडौं, ५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो डाटा सेन्टरको सुदृढीकरणका लागि आवश्यक पर्ने फायरवाल, सर्भर र स्विच खरिद गर्न टेण्डर आह्वान गरेको छ।

नेप्सेले इच्छुक कम्पनीहरूलाई चार लाख रुपैयाँ धरौटी सहित टेण्डर पेश गर्न अनुरोध गरेको छ। टेण्डरमा आवेदन दिने अन्तिम म्याद आगामी सेप्टेम्बर २१ तारिख दिउँसो १२ बजेसम्म तोकिएको छ।

नेप्सेले जारी गरेको सूचना अनुसार, टेण्डर प्रस्तावमा आर्थिक र प्राविधिक प्रस्ताव दुवै एकैपटक पेश गर्नुपर्ने छ।

परिएका आवेदनहरू सेप्टेम्बर २१ तारिख दिउँसो १ बजे खोलिने जानकारी समेत नेप्सेले दिएको छ।

यो टेण्डर प्रक्रिया नेप्सेको डाटा सेन्टरमा आवश्यक पर्ने सुरक्षात्मक तथा नेटवर्किङ पूर्वाधारलाई थप सबल बनाउने उद्देश्यले अघि बढाइएको हो।