Dhulikhel Eco Banner new

सामाजिक सुरक्षा कोषको अनलाइन सेवा दुई दिनका लागि बन्द हुने

2.11K
shares

काठमाडौं, ५ भदौ । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीमार्फत प्रदान गर्दै आएको सम्पूर्ण सेवा दुई दिनका लागि बन्द हुने जनाएको छ।

कोषले एक सूचना प्रकाशित गर्दै सूचना प्रणालीको नियमित प्राविधिक परीक्षणका कारण सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको हो।

कोषका अनुसार, बिहीवार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवाहरू उपलब्ध नहुने छन्।

यो अवधीमा कोषको वेबसाइट तथा अन्य डिजिटल सेवा प्रणालीहरू अवरुद्ध रहने कोषले स्पष्ट पारेको छ।

कोषका अनुसार, आपत्कालीन अवस्थाहरूमा पनि सूचना प्रणालीलाई सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउनका लागि यो परीक्षण आवश्यक भएको हो।

कोषले प्रयोगकर्ताहरूलाई यस अवधिमा सेवा नपाउँदा हुन सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक योजना बनाउन अनुरोध गरेको छ।