सशस्त्र प्रहरी जवानमा ठुलो संख्यामा भर्ना खुल्यो
वि.सं.२०८२ भदौ ६ शुक्रवार १०:४७
shares

काठमाडौं, ६ भदौ । सशस्त्र प्रहरी बल, नेपालले प्रहरी जवान र प्रहरी परिचरमा ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ। । सशस्त्र प्रहरी जवानसहितका उक्त पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो ।
जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । उक्त पदहरुमा दरखास्त दिने म्याद भदौ ६ गतेदेखि असोज ५ गतेसम्म रहेको छ ।

















