Dhulikhel Eco Banner new

नर्बेमा नेपोसद्वारा भव्य तीज विशेष कार्यक्रम सम्पन्न

6.1K
shares

नर्बे, २४ अगस्ट । प्रवासमा आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तीज विशेष २०२५ को कार्यक्रम यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बिशेष अतिथि एनआरएनए यूरोप उप–संयोजक राजु अर्याल र समाजका अध्यक्ष राम गुरुंगले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

प्रमुख अतिथि नर्बेका लगी पोर्चुगीज राजदुत पेद्रो  पेसोवा ई कोस्टा रहनु भएको सो कार्यक्रममा  पेद्रो  पेसोवा ई कोस्टा नेपाली र पोर्चुगीज दुवै देशको राष्ट्रिय धुन पछी विधिवत रूपमा कार्यक्रम शुभारम्भ गरिएको थियो। विभिन्न संघसंस्थाका प्रतिनिधि, नेपोस संरक्षक र सल्लाहकार अन्य अतिथि लाई सम्झना बराल, र नीरू सापकोटाले खादा लगाई सम्मान गरिएको थियो।

समाजको तर्फबाट महिला उपाध्यक्ष सम्झना बरालले महिला हरुको महान पर्व हरि तालिका तीजको महत्वबारे प्रकाश पार्दै सम्पूर्ण दीदी बहिनीहरू लाई शुभकमाना मंतव्य दिदै स्वागत गर्नू भएको थियो ।


समाजको औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष राम गुरुंगले आयोजक कमिटी तथा विभिन्न संघ संस्थामा आबद्ध आर्थिक, भौतिक र नैतिकरुपमा समर्थन गर्नु हुने सबै प्रति आभार ब्यक्त गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल–युरोप शाखाका कलाकारहरूले तीज बिशेष कार्यक्रममा बाँसुरी, मादल र हार्मोनियमसहित बेजोड प्रस्तुती ले सम्पूर्ण दर्शकलाई मन्त्रमुग्ध पारेको थियो।

नेपोस नर्बेले स्थापना भएको १४ वर्षदेखि निरन्तर तीज विशेष कार्यक्रम गर्दै आएको छ। यस पटक करिब ६५० जना सहभागी भएको कार्यक्रममा नेपाली दिदीबहिनीलाई एउटै थलोमा भेला गराई तीजको रौनक साटासाट गर्ने र दर खुवाउने मुख्य उद्देश्य सफल भएको आयोजकले जनाएको छ।

विभिन्न नेपाली परिकारको स्वादका साथ नौमती बाजामा सामूहिक नृत्यले कार्यक्रममा थप उत्साह भरिएको थियो।


बास्तवमा यो पर्वमा नौमती बाजा बजाउने मूल उद्देश्य नभए पनि प्रमुख अतिथि पोर्चुगीज राजदूत पेद्रो कोस्टाको चाहना अनुसार र नेपाली मौलिक बाजा हम्रो संस्कृति विदेशी माझ प्रचार गर्ने उद्देश्यले प्रस्तुत गरिएको थियो।

आयोजकले क्रममा पोर्चुगलबाट नर्बे आएको केही समयमै अशक्त बिरामी भई पाँच महिना सम्म अस्पतालमा उपचार्थ रहेका पदम लामाको केही आर्थिक संकलन गरी सहयोगसमेत गरिएको थियो।
समाजको मानवकल्याणकारी उद्देश्यअनुरूप यस्तो काम गर्न पाउँदा आयोजक र समाजसेवीले अत्यन्त खुशी व्यक्त गर्दै आर्थिक संकलनमा जुटेका थिए।

कार्यक्रममा उपस्थित अध्यक्ष राम गुरुंग, महासचिव पर्वता पन्थी गैरे र महिला उपाध्यक्ष सम्झना बरालले छोटो मन्तव्य दिँदै यस वर्षको हरितालिका तीज कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिको संरक्षण मात्र नभई व्यस्त जीवनशैलीबाट केही समय निकालेर एकआपसमा भेटघाट गर्ने, सुखदुःख साट्ने र समुदायमा एकता तथा मेलमिलापको सन्देश प्रवाह गरेको बताए।


समाजको औपचारिक कार्यक्रम सञ्चालन महासचिव पन्थीले गर्नुभएको थियो भने दोश्रो चरणको सांगीतिक कार्यक्रम भगवान भूजेल सञ्चालन गर्नुभएको थियो।
कार्यक्रम संचालक भूजेलको मीठो प्रस्तुतिले सम्पूर्ण दर्शकको मन जित्नुका साथै व्यापक प्रशंसा पाएको थियो।

गर गहना र बिभिन्न नेपाली पहिरनमा तीज गीतको धूनमा करिब २ घण्टासम्म १२०–१२५ जनाको सामूहिक नृत्यले सम्पूर्ण दर्शक ले भरपूर मनोरंजन लिनु भएको हल उल्लास र नेपालमय बनेको थियो। कार्यक्रम राति ९:३० बजेसम्म निरन्तर चलिरह्यो।

यस वर्षको हरितालिका तीज कार्यक्रम करिब ६५० जनाको उपस्थिति सहित भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।