Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ६८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.58K
shares

काठमाडौं, ११ भदौ । शेयर बजारमा ७ अर्ब ६८ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको ५० करोड ५२ लाख रुपैयाँ कारोबार भएको छ भने ग्रीन भेन्चर्सको ४६ करोड ५३ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी हिमालयन डिस्टिलरीको ४३ करोड ४० लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल रिपब्लिक मिडियाको २१ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ ।