स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, १९ हजार ५२४ जनाले पाए शेयर
वि.सं.२०८२ भदौ १२ बिहीवार १०:१५
shares

काठमाडौं, १२ भदौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँट बिहीवार सम्पन्न भएको छ।
कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा १ लाख ९५ हजार १९५ कित्ता आईपीओ बिक्रीका लागि निष्कासन गरेको थियो। सो आईपीओमा कुल २४ लाख ४० हजार ४६० जना आवेदकले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए।
जसमध्ये २ हजार ३०० आवेदकका आवेदन रद्द गरिएको छ। बाँकी २४ लाख ३६ हजार ३९३ आवेदकमध्येबाट १९ हजार ५१९ जनाले १०र१० कित्ताका दरले शेयर पाएका छन्।
त्यस्तै, १० कित्ताभन्दा बढीको आवेदन दिएका आवेदकमध्ये थप ५ जनाले १र१ कित्ताका दरले ११ कित्ता शेयर पाएका छन्। बाँकी २४ लाखभन्दा बढी आवेदक भने आईपीओमा हात खाली भएका छन्।

















