शेयर बजारमा ३१ अंकको पहिरो, २२८ कम्पनीको शेयर मूल्यमा गिरावट
वि.सं.२०८२ भदौ १५ आइतवार १५:३४
shares

काठमाडौं, १५ भदौ । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३१.१७ अंकले घटेर २,७४९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर स्थिर रहेको छ । यसदिन ६ अर्ब ६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.७७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, ग्लोबल आइएमई समुन्नत योजना–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















