उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ भदौ १५ आइतवार १५:४१
shares

काठमाडौं, १५ भदौ । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३१.१७ अंकले घटेर २,७४९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर स्थिर रहेको छ । यसदिन ६ अर्ब ६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.७७ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन आशा लघुवित्तका लगानीकर्ताले ४.१६ प्रतिशतका दरले कमाएका छन् भने ८.५ प्रतिशत माछापुच्छ्रे ऋणपत्र २०८७का लगानीकर्ताले ३.९३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, १० प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८५/८६ का लगानीकर्ताले ३.८० प्रतिशतका दरले कमाएका छन् भने नविल ब्यालेन्स फन्डका लगानकिर्ताले ३.३६ प्रतिशतका दरले कमाएका छन् ।

















