शेयर बजारमा २२८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ भदौ १५ आइतवार १५:५०
shares

काठमाडौं, १५ भदौ । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३१.१७ अंकले घटेर २,७४९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर स्थिर रहेको छ । यसदिन ६ अर्ब ६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा ग्लोबल आइएमई समुन्नत योजना–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन प्रभु स्मार्ट फन्डका लगानीकर्ताले ७.८८ प्रतिशतका दरले गुमाएका छन् भने सिटीजन्स फन्डका लगानीकर्ताले ७.६९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ७.४५ प्रतिशतका दरले गुमाएका छन् भने छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ७.०७ प्रतिशतका दरले गुमाएका छन् ।

















