सूचना ढिलाइ गरेपछि नेप्सेद्धारा अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर कारोबार स्थगित
वि.सं.२०८२ भदौ १६ सोमवार १६:०३
shares

काठमाडौं, १६ भदौ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयर कारोबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले स्थगित गरेको छ। कम्पनीले समयमै महत्वपूर्ण सूचना नेप्सेलाई नपठाएको भन्दै कारोबार स्थगित गरिएको हो।
कम्पनीको सञ्चालक समितिको बैठक २०८२ भदौ ११ गते बसेर वार्षिक साधारण सभासम्बन्धी निर्णय गरे पनि सो निर्णय नेप्सेमा भदौ १६ गते मात्र पुगेको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम २२९१० अनुसार, धितोपत्र मूल्यमा असर पार्ने सूचना, जानकारी वा निर्णय उत्पन्न भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेलाई पेश गर्नुपर्ने व्यवस्था छ।
नेप्सेले कम्पनीले उक्त नियमको उल्लङ्घन गरेको ठहर गर्दै भदौ १६ गतेदेखि धितोपत्र कारोबार रोक्का गरेको हो।
साथै, नेप्सेले कम्पनीलाई तीन कार्य दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको छ। स्पष्टिकरणमा सूचना समयमा नपठाउनुको कारण र सञ्चालक समितिको निर्णयको छायाँ प्रति समेत संलग्न गर्न भनिएको छ।















