Dhulikhel Eco Banner new

राष्ट्र बैंकका १०७ जना कर्मचारीको एकैपटक सरुवा, सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मको ठूलो फेरबदल

3.55K
shares

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले एकैपटक १०७ जना कर्मचारीको सरुवा गरेको छ। बैंकले सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीहरूको विभिन्न विभाग र कार्यालयमा पदस्थापन परिवर्तन गरेको हो। यसअघि पटक–पटक गरेर कर्मचारीको सरुवा गर्दै आएको राष्ट्र बैंकले यसपटक ठूलो संख्यामा एकैचोटि सरुवा गरेको हो।

आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने लघुवित्त सुपरिवेक्षण विभागका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा पठाइएको छ।

पोखरा कार्यालयका निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ।

यसपटक राष्ट्र बैंकले ३८ जना उपनिर्देशक र ६६ जना सहायक निर्देशकको पनि सरुवा गरेको हो।

केन्द्रीय बैंकले कार्य क्षमता अभिवृद्धि, विभागीय आवश्यकतासहित मानव संसाधनको प्रभावकारी व्यवस्थापनका लागि सरुवा गरिएको जनाएको छ।