एससिटीले सुरु गर्यो ३डीएस एक्सस कन्ट्रोल सर्भर सेवा
वि.सं.२०८२ भदौ २० शुक्रवार १०:५५
shares

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले डिजिटल भुक्तानी सुरक्षाका लागि अत्याधुनिक सेवा, ३डीएस एक्सस सर्भर सञ्चालनमा ल्याएको छ।
यो सेवा अनलाइन कारोबारमा कार्डधारकहरूको प्रमाणीकरण प्रक्रिया अझ सरल र सुरक्षित बनाउन डिजाइन गरिएको हो। ग्लोबल आइएमई बैंक र एनएमबि बैंकले एसटिको ३डीएस एसिएस सेवामा आबद्ध भई आफ्ना ग्राहकहरूलाई सुरक्षित र सहज डिजिटल भुक्तानी सुविधा प्रदान गरिरहेका छन्।
यस सेवाले अनलाइन ठगी र धोखाधडीलाई कम गर्ने मात्र होइन, नेपालको नगदविहीन अर्थतन्त्रको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। एससिटीको यो नयाँ सेवा डिजिटल भुक्तानी क्षेत्रलाई थप मजबुत बनाउने नयाँ माइलस्टोनको रूपमा लिइएको छ।
















