Dhulikhel Eco Banner new

आरबिबि फोकस ४० म्युचुअल फण्डको इकाई खरिदका लागि आवेदन अवधि असोज १ गतेसम्म थप

2.11K
shares

काठमाडौं, २२ भदौ । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले सञ्चालकको हैसियतमा ल्याएको सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ को इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरिएको छ। संस्थाले भदौ १८ गतेदेखि इकाई निष्काशनका लागि आवेदन खुला गरेको थियो।

यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीका लागि ल्याइएको हो, जसअनुसार कुल एक अर्ब रुपैयाँ बराबरको लगानी संकलन गरिनेछ। अब लगानीकर्ताहरूले यो योजनामा असोज १ गतेसम्म आवेदन दिन सक्नेछन्।

ूआरबिबि फोकस ४०ू मा कुल बिक्री हुने इकाईमध्ये न्यूनतम १ करोड ४० लाख इकाई वा १४ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि सुरक्षित गरिएको छ भने न्यूनतम १० लाख इकाई वा १ प्रतिशत योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडका लागि छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।

उक्त योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। कुल १२ वर्ष अवधिको यस योजनाको इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको ूमेरो शेयरू अनलाइन प्रणालीमार्फत पनि सि–आस्बा प्रयोग गरी घरमै बसेर आवेदन दिन सकिनेछ।