Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

2.93K
shares

काठमाडौं, २३ भदौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि सूचना जारी भएको ३५ दिनभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।