Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकले कार्यालय परिसरको शौचालयलाई सार्वजनिक बनाउने

4.45K
shares

काठमाडौं, ७ असार । सांग्रिला डेभलपमेन्ट बैंकले कार्यालय परिसरको शौचालयलाई सार्वजनिक बनाउने निणर्य गरेको छ ।

महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेकाले काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी यस सांग्रिला डेभलपमेन्ट बैंक लि.ले सार्वजनिक शौचालय बनाउने निणर्य भएको हो ।

आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने निर्णयको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृ अपूर्व प्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट नुर निधि न्यौपानेले हस्ताक्षर गरेका थिए ।

यस डेभलपमेन्ट बैंक र महानगरपालिका बिच भएको सम्झौता अनुसार यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सकिने छ ।

बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडांै महानगरपालिकाको प्रयासमा सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय विहान ९.३० वजे देखि ५ वजे सम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सकिने छ ।