Dhulikhel Eco Banner new

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने म्याद थप

3.94K
shares

काठमाडौं, १ असोज । सामाजिक सुरक्षा कोषले साउन महिनाको योगदान रकम जम्मा गर्ने समयावधि ५ असोज २०८२ सम्म लम्ब्याएको छ।

कोषले एक सूचना जारी गर्दै देशमा विद्यमान असहज परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको जानकारी दिएको छ।

कोषका अनुसार अब रोजगारदाता तथा योगदानकर्ताहरूले साउन महिनाको योगदान रकम ५ असोजसम्म बिना जरिवाना जम्मा गर्न सक्नेछन्।

यसअघि तोकिएको समयसीमामा योगदान रकम जम्मा गर्न कठिनाइ भएका संस्थाहरू तथा व्यक्तिहरूका लागि यो निर्णयले सहजता ल्याउने अपेक्षा गरिएको छ।

सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरूलाई तोकिएको म्यादभित्र नै रकम जम्मा गर्न आग्रह गरेको छ।