शेयर बजारमा १९३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असोज ८ बुधवार १५:४५
shares

काठमाडौं, ८ असोज । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २७.८९ अंकले घटेर २,६५४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब १२ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ५.३८ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन राप्ती हाइड्रोपावरका लगानीकर्ताले ४.६३ प्रतिशतका दरले गुमाएका छन् भने बुटवल पावरका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, कर्पोरेट विकास बैंकका लगानीकर्ताले ३.९७ प्रतिशतका दरले गुमाएका छन् भने एशियन हाइड्रोपावरका लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाएका छन् ।















