नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
वि.सं.२०८२ असोज २१ मंगलवार १४:५६
shares

काठमाडौं, २१ असोज । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर २.१ प्रतिशत मात्र रहने प्रक्षेपण गरेको छ। बैंकले मंगलबार सार्वजनिक गरेको अद्यावधिक अनुमान अनुसार यस वर्षको आर्थिक वृद्धि दर यसअघि अनुमानितभन्दा अझै घट्ने देखिएको हो।
यसअघि विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.९ प्रतिशत हुने अनुमान गरेको थियो। तर हालको परिमार्जित प्रक्षेपण अनुसार वृद्धि दर ०.८ प्रतिशत विन्दुले घटेर २.१ प्रतिशतमा झर्ने देखिएको छ।
विश्व बैंकले सन् २०२७ को लागि भने नेपालको आर्थिक वृद्धि दर ४.७ प्रतिशत रहने अनुमान गरेको छ। यद्यपि हालको प्रक्षेपण अनुसार सन् २०२६ को आर्थिक वृद्धि दर दक्षिण एशियाका अन्य मुलुकहरूमध्ये सबैभन्दा न्यून देखिएको छ।
उक्त वर्ष भारतको आर्थिक वृद्धि दर ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, श्रीलंकाको ३.५ प्रतिशत र माल्दिभ्सको ३.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।



















