Dhulikhel Eco Banner new

खानी खोला हाइड्रोपावरको ४ लाख ५९ हजार कित्ता हकप्रद शेयर लिलामीमा

1.79K
shares

काठमाडौं, १२ कात्तिक । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फ बाँकी रहेको ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयर लिलामी बिक्रीका लागि खुला गरेको छ। कम्पनीले यसअघि भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्रीका लागि आवेदन खुला गरे पनि सो अवधिभित्र आवेदन नपरेकाले उक्त शेयर बाँकी बसेका थिए।

अब कम्पनीले ती बाँकी शेयरहरू लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको हो। इच्छुक लगानीकर्ताले कात्तिक १२ गतेदेखि कात्तिक १९ गते बुधबार दिउँसो ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामीका लागि प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले आवेदन दिँदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने अंकमा वा सम्पूर्ण कित्ताका लागि माग गर्न सक्नेछन्।

बोलपत्र फारम सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजारबाट वा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका विभिन्न शाखा कार्यालयहरू — कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर ९भानुचोक०, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा ९न्युरोड०, बुटवल ९पाल्पा रोड० र हेटौंडा — बाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।