दोेहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:१६
shares

काठमाडौं, १८ कात्तिक । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २७.६४ अंकले घटेर २,५९५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब १५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा माबीलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन फष्ट माइक्रो इनर्जीका लगानीकर्ताले ९.२० प्रतिशतका दरले कमाएका छन् भने बिन्दवासीनी हाइड्रोपावरका लगानीकर्ताले ६.३८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, सम्पदा लघुवित्तका लगानीकर्ताले ५.५४ प्रतिशतका दरले कमाएका छन् भने अभियान लघुवित्तका लगानीकर्ताले ५.०१ प्रतिशतका दरले कमाएका छन् ।
















