जीवन बीमा कम्पनीद्धारा ४९ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन
वि.सं.२०८२ कात्तिक १९ बुधवार १७:३७
shares

काठमाडौं, १९ कात्तिक । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा अधिकांश कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय बीमाशुल्क संकलन गर्न सफल भएका छन्।
तथ्यांकअनुसार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै अग्रस्थान कायम गरेको छ। त्यसपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी दोस्रो स्थान ओगटेको छ।
तेस्रो स्थानमा रहेको एलआईसी नेपालले ४ अर्ब ९८ करोड ३४ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, र हिमालयन लाइफ इन्स्योरेन्सले ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
यस्तै, एशियन लाइफले २ अर्ब ८८ करोड, सिटिजन लाइफले २ अर्ब १७ करोड, सानिमा रिलायन्सले १ अर्ब ८१ करोड, र मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँको व्यवसाय गरेका छन्।
अन्य कम्पनीहरूमध्ये आइएमई लाइफले १ अर्ब ५१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड, र सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।















