विजय लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस कति चाहिन्छ योग्यता ?
वि.सं.२०८२ कात्तिक २० बिहीवार १३:२५
shares

काठमाडौं, २० कात्तिक । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले सूचना गारी गर्दै स्थायी रुपमा एकजना वरिष्ठ अधिकृत (विभागीय प्रमुख) आठौं तह र अधिकृत सातौं तहको पदमा विभागीय प्रमुख, अनुगमन, तालिम, मानव संशाधन र वित्तमा एक–एक जना गरी कुल ६ जनाका लागि आवेदन खुलाएको हो। कम्पनीले केन्द्रीय कार्यालयमा रही काम गर्नका लागि कर्मचारी माग गरेको हो।
तोकिएको योग्यता भएको इच्छुक व्यक्तिले अनलाइनबाटै आगामी १५ दिनभित्र आवेदन दिनु पर्नेछ। परीक्षा प्रस्तुतिकरण र अन्तर्वार्ता गरी दुई किसिमको हुने, परीक्षणकाल कम्तीमा ६ महीनाको हुने र तलब सुविधा संस्थाको नियमानुसार हुने कम्पनीले जनाएको छ। यस कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको छ।
















